सौराहामा एमाले महाधिवेशनको बन्दसत्र सुरु
शनिबार, ११ मङ्सिर २०७८, १५ : १७
सौराहामा एमालेको बन्द सत्र सुरु भएको छ । बिहान १० बजेको लागि तय भएको बन्दसत्र ५ घण्टापछि सौराहाको सेभेन स्टार होटलमा सुरु भएको हो । एमाले अध्यक्ष केपी शर्मा ओली बन्दसत्र हलमा प्रवेश गरेका छन् ।
अध्यक्ष ओलीले केहीबेरमा बन्द सत्रलाई सम्बोधन गर्दैछन् ।