आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

१९ पदाधिकारीसहित ३०१ केन्द्रीय सदस्य प्रस्ताव गर्ने जिम्मेवारी ओलीलाई

शनिबार, ११ मङ्सिर २०७८, २० : १७
शनिबार, ११ मङ्सिर २०७८

नेकपा एमालेका १९ पदाधिकारीसहित ३०१ जना केन्द्रीय सदस्य प्रस्ताव गर्ने जिम्मेवारी पार्टी अध्यक्ष केपी शर्मा ओलीले पाएका छन् । सौराहामा जारी दशौं महाधिवेशन बन्दसत्रको सिंगो हलले अध्यक्ष ओलीलाई उक्त जिम्मेवारी दिएको हो । ‘सिंगो हलले अध्यक्ष केपी शर्मा ओलीलाई १९ पदाधिकारीसहित ३०१ जना केन्द्रीय सदस्य प्रस्ताव गर्ने जिम्मेवारी  दिएको छ’  केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले भने  । बन्दसत्र आइतबार १० बजे पुनः सुरु हुनेछ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप