खैरो हेरोइनसहित २ जना पक्राउ
आइतबार, १२ मङ्सिर २०७८, १६ : १०
मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१५ रातोमाटेबाट प्रहरीले खैरो हेरोइन सहित २ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा चितवनको राप्ती नगरपालिका– घर भएका ४२ वर्षीय तेजबहादुर गुरुङ र खुरखुरे घर भएका २९ वर्षीय अनमोल लामा छन् । उनीहरुको साथबाट ८ ग्राम खैरो हेरोइन बरामद गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
सिमराबाट हेटौंडातर्फ आउँदै गरेको बागमती प्रदेश–०३–००२ प १९०२ नम्बरको मोटरसाइकललाई चेकजाँच गर्दा उनीहरुको साथमा लागु औषध फेला परेको थियो । प्लाष्टिकको पोकामा लुकाएको सो खैरो हेरोइनसहित पक्राउ गरेर उनीहरुमाथि अनुसन्धान शुरु गरिएको प्रहरीले जनाएको छ ।