सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

कुन देशको मुद्राको विनिमयदर कति ?

सोमबार, १३ मङ्सिर २०७८, ०८ : ०४
सोमबार, १३ मङ्सिर २०७८

नेपाल राष्ट्र बैंकका अनुसार आज सोमबार अमेरिकी डलर एक खरिददर अधिकतम ११९ रुपैयाँ ५० रुपैयाँ पुगेको छ भने बिक्रीदर १२० रुपैयाँ १० पैसा पुगेको छ ।  यस्तै, युरोपियन युरो एकको खरिददर १३५ रुपैयाँ ३६ पैसा र बिक्रीदर १३५ रुपैयाँ ९४ पैसा रहेको छ भने यूके पाउन्ड स्टलिङ एकको खरिददर १५९ रुपैयाँ ४४ पैसा र बिक्रीदर १६० रुपैयाँ २४ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

यस्तै, स्वीस फ्रेङ्क एकको खरिददर १२९ रुपैयाँ ३२ पैसा र बिक्रीदर १२९ रुपैयाँ ९६ पैसा रहेको छ भन अष्ट्रेलियन डलर एकको खरिददर ८५ रुपैयाँ १४ पैसा र बिक्रीदर ८५ रुपैयाँ ५७ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ । 

यता, जापानी यन आज १० को खरिददर नेपाली १० रुपैयाँ ५४ पैसा र विक्रीदर १० रुपैयाँ ६० पैसा रहेको छ भने चिनियाँ यूआन एकको खरिददर १८ रुपैयाँ ५९ पैसा र विक्रीदर १८ रुपैयाँ ७९ पैसा रहेको बैंकले जनाएको छ । 

यता साउदी अरबियन रियाल आज एकको खरिदर ३१ रुपैयाँ ८५ पैसा र विक्रीदर ३२ रुपैयाँ ०१ पैसा रहेकोमा कतारी रियाल रहेको राष्ट्र बैंकले जनाएको छ ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप