आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

एमाले महाधिवेशन : उम्मेदवारको प्रारम्भिक नामावली प्रकाशित (सूची)

सोमबार, १३ मङ्सिर २०७८, १४ : ५२
सोमबार, १३ मङ्सिर २०७८

चितवन । नेकपा एमालेको दशौं महाधिवेशनबाट निर्वाचित हुने विभिन्न पदमा उम्मेदवारी दिएका उम्मेदवारहरूको प्रारम्भिक सूची प्रकाशित गरिएको छ । केन्द्रीय निर्वाचन समितिले उम्मेदवारहरूको प्रारम्भिक सूची प्रकाशन गरेको हो ।

सूची प्रकाशित भएसँगै केन्द्रीय निर्वाचन समितिले उम्मेदवारको विरोधमा उजुरीका लागि छुट्याएको समयभित्र उजुरी दिन सकिने छ । कुनै उमेदवारविरुद्ध

​ उजुरी परेमा त्यसको छानबिन र निर्णय गर्ने र त्यसपछि उम्मेदवारको नामावली पुनः प्रकाशन गर्ने निर्वाचन समितिले जनाएको छ ।

त्यसपछि कुनै उम्मेदवारले नाम फिर्ता लिन चाहेमा नाम फिर्ता गर्न पाउने र दिउँसो ३ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने निर्वाचन समितिले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप