म्याग्दीमा जीप दुर्घटना, ४ जनाको मृत्यु, ४ घाइते
सोमबार, १३ मङ्सिर २०७८, २० : ५३
म्याग्दीमा बोलेरो जीप दुर्घटनामा तीन जनाको मृत्यु भएको छ । सदरमुकाम बेनीबाट रघुगंगा बेगखोलातर्फ जाँदै गरेको जीप दुर्घटना हुँदा दुई जनाको घटनास्थलमा र थप एक जनाको अस्पताल लैजाँदै गर्दा मृत्यु भएको हो।
बेनीबाट यात्रु लिएर गाउँतर्फ जाँदै गरेको ग १ ज ७२ ५२ नम्बरको जीप चिलाउने खर्कमा दुर्घटना हुँदा खिमनाथ शर्मा, गौमाया विक, खिमु पुन र जीपचालक दुतबहादुर थापाको मृत्यु भएको जिल्ला प्रहरी कार्यलय म्याग्दीका प्रहरी सहायक निरिक्षक सुशीला थापाले जानकारी दिइन् ।
दुर्घटनामा जीपका चालक दुतबहादुर पुनसहित ५ जनालाइ बेनी अस्पतालमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ । दुर्घटनामा चालक दुतबहादुर थापासहित ८ यात्रु सवार थिए । घाइतेमध्ये दुई जना गम्भीर रहेको बताइएको छ । जीप सडकबाट ५० मिटर तल खसेको थियो ।