औपचारिक रुपमा सकियो एमाले महाधिवेशन
मङ्गलबार, १४ मङ्सिर २०७८, २० : २२
एमालेको महाधिवेशन औपचारिक रुपमा सम्पन्न भएको छ । अध्यक्ष केपी शर्मा ओलीले औपचारिक रुपमा महाधिवेशन सम्पन्न भएको घोषणा गरेका हुन् ।
एमालेले महाधिवेशनमार्फत अध्यक्षसहित पदाधिकारी, केन्द्रीय सदस्य, लेखा आयोग र अनुशासन आयोगको टीम निर्वाचित गरेको छ ।
एमालेको महाधिवेशन मंसिर १० देखि सुरु भएको हो । महाधिवेशन १२ गते नै सकिने भनिएपनि निर्वाचनमा ढिलाइ भएपछि दुई दिन लम्बिएको थियो ।
महाधिवेशनको उद्घाटन चितवनस्थित नारायणी किनारमा भएको थियो भने उद्घाटन सौराहामा भएको थियो ।