आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

एमालेको नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बस्दै

मङ्गलबार, १४ मङ्सिर २०७८, ०७ : ००
मङ्गलबार, १४ मङ्सिर २०७८

नेकपा एमालेको नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बस्दैछ । बैठक सौराहास्थित बन्दसत्रस्थल होटल सेभेनस्टार परिसरकै हलमा बस्न लागेको हो।  बैठकमा बधाई ज्ञापनलगायतका एजेण्डा तय भएको बताइएको छ । 
आज सम्पन्न भएको निर्वाचनबाट अध्यक्षमा केपी ओली विजयी भएका छन् भने उनको नेतृत्वमा ३०१ जनाको केन्द्रीय कमिटी पनि निर्वाचित भएको छ । आजै एमालेको बन्दसत्र सकिइसकेको छ।  

एमालेको महाधिवेशन मंसिर १० देखि सुरु भएको थियाे ।  महाधिवेशन १२ गते नै सकिने भनिएपनि निर्वाचनमा ढिलाइ भएपछि दुई दिन लम्बिएको थियो । महाधिवेशनको उद्घाटन चितवनस्थित नारायणी किनारमा भएको थियो भने उद्घाटन सौराहामा भएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप