सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

६१ जिल्लामा काँग्रेसको नयाँ नेतृत्व : ५ प्रदेशमा देउवा र एक प्रदेशमा पौडेल पक्षको वर्चश्व

अब प्रदेश २ सहित कहिले हुन्छ १६  जिल्लामा अधिवेशन ?
बुधबार, १५ मङ्सिर २०७८, ११ : १४
बुधबार, १५ मङ्सिर २०७८

नेपाली काँग्रेसले ६१ जिल्लामा पार्टीको नयाँ नेतृत्व चयन गरेको छ । प्रदेश एकका १४ जिल्ला र कर्णालीका १० जिल्लाका अधिवेशन सम्पन्न भएको छ । प्रदेश दुईमा भने नेतृत्व चयन गर्न ८ जिल्लामै बाँकी छ । प्रदेश दुईमा महाधिवेशनपछि मात्र जिल्ला अधिवेशन हुनेछ ।

यस्तै बागमती प्रदेशमा चितवन, सिन्धुली, मकवानपुर र सिन्धुपाल्चोक, जिल्ला अधिवेशन सम्पन्न भएको छैन । चितवनमा आज जिल्ला अधिवेशन गर्ने तालिका भएपनि निर्वाचन अधिकृतले राजीनामा दिएपछि अन्योलता सिर्जना भएको छ । मकवानपुर र सिन्धुपाल्चोकमा महाधिवेशनपछि मात्र जिल्ला अधिवेशन हुने छ ।

गण्डकीमा प्रदेशमा पनि नवलपरासी पूर्वको जिल्ला अधिवेशन हुन बाँकी छ भने लुम्बिनी प्रदेशमा बाँकेमा पनि जिल्ला अधिवेशन सम्पन्न हुन सकेको छैन ।  नवलपरासी पूर्व र बाँकेमा पनि महाधिवेशनपछि मात्र जिल्ला अधिवेशन हुनेछ ।

सुदूरपश्चिम प्रदेशका कैलाली र अछाममा पनि जिल्ला अधिवेशन रोकिएको छ । कैलाली र अछाममा महाधिवेशनपछि जिल्ला अधिवेशन गर्ने तयारी छ । जिल्ला अधिवेशन सम्पन्न नभएका १५ जिल्लामा महाधिवेशन प्रतिनिधि चयन भइरहेको अवस्था छ ।
प्रदेश २ मा आज पनि महाधिवेशन प्रतिनिधिका लागि विभिन्न जिल्लामा चुनाव भइरहेको छ ।  भोलिबाट प्रदेश अधिवेशन सुरु हुने भएकाले १६ जिल्लाको अधिवेशन महाधिवेशन पछि हुने काँग्रेस निर्वाचन समितिले जनाएको छ ।
यता ६१ जिल्ला सभापति चयन हुँदा प्रदेश एक, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम सभापति शेरबहादुर देउवा पक्षको वर्चश्व देखिएको छ । लुम्बिनीमा वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षको उपस्थिति बलियो छ ।

पौडेल पक्षको आधार क्षेत्र मानिएको प्रदेश १ र गण्डकी प्रदेश अन्तर्गतका जिल्ला सभापतिमा देउवा पक्षले जबरजस्त उपस्थिति जनाएको छ ।

कोइराला परिवारको गण  मानिएको प्रदेश एक र पौडेलको गृह प्रदेश गण्डकीमा देउवा पक्ष हाबी भएको छ । प्रदेश एक र गण्डकीमा नेता कृष्णप्रसाद सिटौला पक्षले पनि जिल्ला नेतृत्व हात पारेको छ । समग्रमा देउवा पक्षले ३३, पौडेल पक्षले २६ र सिटौला पक्षले २ जिल्ला सभापति जितेको छ ।

प्रदेश २ का १३ औं महाधिवेशनमा देउवा पक्षले क्विलन स्विप पारेको थियो । यसपटक  देउवा पक्षमा उपसभापति विमलेन्द्र निधिले विद्रोह गर्ने  परिस्थिति देखिएकाले प्रदेश २ मा देउवा पक्षले केही चुनौती छ ।


देउवा पक्ष – प्रदेश एक

१. गजेन्द्र तुम्याहाङ – ताप्लेजुङ

२. रूपनारायण जबेगु – पाँचथर

३. तेजेन्द्र खनाल– ओखलढुङ्गा

४. डम्बर खड्का – इलाम

५. हिमाल कार्की  –  उदयपुर

६. दिनेश राई – धनकुटा

७. नाम्गेल जाङ्बु शेर्पा – सोलुखुम्बु

पौडेल पक्ष – प्रदेश एक

१ . दीपक खड्का– सङ्खुवासभा

२ .अर्जुनबहादुर तुम्बाहाम्फे – तेह्रथुम

३. विष्णु राई – खोटाङ

४. विनोद बान्तवा – भोजपुर

५. डिगबहादुर लिम्बू  –  मोरङ

६. केदार भण्डारी – सुनसरी

सिटौला पक्ष  – प्रदेश एक

१. देउकुमार थेबे – झापा

देउवा पक्ष– बागमती प्रदेश

१. कान्छाराम तामाङ – रामेछाप

२. तीर्थ लामा – काभ्रेपलान्चोक

३. दुर्लभ थापा – भक्तपुर

४. जितेन्द्र श्रेष्ठ – ललितपुर

५. पेम्बाछिरिङ तामाङ – रसुवा

पौडेल पक्ष – बागमती प्रदेश

१. रमेश महत – नुवाकोट

२. बर्मा लामा – दोलखा

३ . कृष्ण बानियाँ (सबुज) – काठमाडौं

४.  रामनाथ अधिकारी –  धादिङ

देउवा पक्ष – गण्डकी प्रदेश

१. किशोरदत्त बराल – कास्की

२. शङ्कर गुरुङ – मनाङ

३. खमवी गर्बुजा – म्याग्दी

४. डा. टकराज गुरुङ – लमजुङ

५. युवराज जोशी – पर्वत

६ .जीतप्रकाश आले – तनहुँ

पौडेल – गण्डकी प्रदेश

१. नन्दप्रसाद न्यौपाने – गोरखा

२. राजु थापा – स्याङ्जा

३. रोमी गौचन थकाली – मुस्ताङ

सिटौला  –  गण्डकी प्रदेश

१. जित शेरचन – बाग्लुङ

देउवा पक्ष – लुम्बिनी प्रदेश

१. रामकृष्ण खाँण – रुपन्देही

२. केशरमान रोका – रुकुमपूर्व

३. रुण प्रकाश सिंह राठौर – बर्दिया

पौडेल पक्ष – लुम्बिनी प्रदेश

१. हिमालदत्त श्रेष्ठ –पाल्पा

२. किशोर आचार्य – रोल्पा

३. विष्णुकुमार गिरी – प्यूठान

४. केशव श्रेष्ठ – अर्घाखाँची

५. शङ्कर डाँगी – दाङ

६. अब्दुलकलाम – कपिलबस्तु

७. खिलध्वजपन्थी –  गुल्मी

८. अर्जुनकुमार पोखरेल – नवलपरासी पश्चिम

देउवा पक्ष – कर्णाली प्रदेश

१. मोहनविक्रम सिंह – हुम्ला

२. प्रेमप्रकाश ओली – रुकुम पश्चिम

३. वेदराज सिंह – जाजरकोट

४. ऐनबहादुर शाही – मुगु

४. केशबहादुर विष्ट – सल्यान

६. खड्क पोखरेल – सुर्खेत

७. दीपेन्द्रबहादुर शाही – डोल्पा

८. कर्णबहादुर शाही – जुम्ला

पौडेल पक्ष – कर्णाली प्रदेश

१.अम्मबहादुर शाही – कालिकोट

२. मणिराम रेग्मी – दैलेख

देउवा पक्ष – सुदूरपश्चिम प्रदेश

१. भीमबहादुर साउद – डडेलधुरा

२. खड्क बोहरा – बझाङ

३. नरेन्द्रबहादुर सिंह – डोटी

४. पदम बोगटी, कञ्चनपुर

पौडेल पक्ष– सुदूरपश्चिम प्रदेश

१. रामसिंह रावल – बाजुरा

२.चतुरबहादुर चन्द – बैतडी

३.ललितसिंह बोहरा – दार्चुला सभापति

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

लोकेन्द्र भट्ट
लोकेन्द्र भट्ट

भट्ट रातोपाटीका लागि राजनीति तथा समसामयिक विषयमा रिपोर्टिङ गर्छन् । 

लेखकबाट थप