आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

काँग्रेस अधिवेशन : कर्णालीमा संस्थापन पक्षबाट ललितजङ्ग शाही र इतर पक्षका भुपेन्द्रजङ्ग शाही सभापतिका उम्मेदवार

शुक्रबार, १७ मङ्सिर २०७८, १२ : २१
शुक्रबार, १७ मङ्सिर २०७८

नेपाली काँग्रेसको १४ औं महाधिवेशन अन्तर्गत कर्णाली प्रदेशमा संस्थापन र इतर पक्षले सभापति पदका लागि उम्मेदवार टुंगो लगाएका छन् । जसअनुसार संस्थापन पक्षले ललितजङ्ग शाहीलाई र इतर पक्षले भुपेन्द्रजङ्ग शाहीलाई सभापति पदको उम्मेदवार बनाएको छ ।

अहिलेसम्म दुवै पक्षले प्यानल भने घोषणा गरेका छैनन् । यद्यपि वरिष्ठ नेता रामचन्द्र पौडेको पक्ष भनिने इतर पक्षले प्यानल घोषणाको तयारी गरिरहेको छ । संस्थापन पक्षबाट यसअघि मुख्यमन्त्री जीवनबहादुर शाही पनि सभापति पदको दाबेदार मानिएको थियो । तर मुख्यमन्त्री शाहीले आफू सभापतिको आकांक्षी नभएको बताए । उनी संस्थापन पक्षका मानिन्छन् ।

दिउँसो १ बजेसम्म उम्मेदवारको मनोनयन दर्ता हुने निर्वाचन समितिले जनाएको छ । प्रदेश नेतृत्वका लागि सभापति शेरबहादुर देउवा पक्ष र वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षबीच प्रतिस्पर्धा हुने देखिन्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप