आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

ट्रयाक्टर दुर्घटनामा २ जनाको मृत्यु, १२ जना घाइते

शुक्रबार, १७ मङ्सिर २०७८, १७ : ३९
शुक्रबार, १७ मङ्सिर २०७८

पूर्वपश्चिम राजमार्ग अन्तर्गत कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको अर्जुनी नजिकै से १ त ३८४१ नम्बरको ट्रयाक्टर दुर्घटना हुँदा आज दुई जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरीक्षक चक्रबहादुर शाहका अनुसार मृत्यु हुनेमा कृष्णपुर नगरपालिका–९ पिपरैयाका वर्ष ६५ का द्रोपती राना र वर्ष ३३ का रतन कुमारी राना रहेका छन् । दुर्घटनामा अन्य १२ जना घाइते भएका छन् ।

कृष्णपुर नगरपालिका–९ पिपरैयाबाट बेदकोट नगरपालिकाको दैजीमा जन्ती पुर्याएर फर्कने क्रममा चालकले नियन्त्रण गुमाउँदा ट्रयाक्टर सडक छेउमै पल्टिएको हो । प्रहरीका अनुसार ट्रयाक्टरमा ३० जना बढी सवार रहेका थिए । घाइतेको झलारीस्थित नीजि मेडिकलमा सामान्य उपचारपछि थप उपचारका लागि कैलालीको धनगढीतर्फ पठाइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप