आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

शीर्ष स्थानमा अग्रता फराकिलो बनाउँदै रियल

आइतबार, १९ मङ्सिर २०७८, ०७ : २९
आइतबार, १९ मङ्सिर २०७८

रियल सोसिसाडलाई हराउँदै रियल म्याड्रिडले स्पेन ला लिगाको शीर्ष स्थानमा ८ अङ्कको अग्रता बनाउन सफल भएको छ । शनिबार राति भएको खेलमा रियल २-० गोल अन्तरले विजयी बनेको हो ।

रियलले दुवै गोल खेलको दोस्रो हाफमा गरेको थियो । पहिलो हाफमा घाइते बनेका करिम बेन्जेमाको स्थानमा मैदान प्रवेश गरेका लुका जोभिचले खेलको ४७ औँ मिनेटमा भिनिसियस जुनियरका लागि गोलको अवसर सिर्जना गरे भने ५७ औँ मिनेटमा उनले आफै गोल गर्दै रियलको जीत सुनिश्चित गरे । 

जीतसँगै रियलले शीर्ष स्थानमा ८ अङ्कको अग्रता बनाएको छ । १६ खेलबाट रियलको ३९ अङ्क रहेको छ । दोस्रो स्थानमा रहेको सेभियाले भिल्लेरियाललाई १-० ले गोलले पराजित गर्‍यो । उता, साबिक विजेता एथ्लेटिको म्याड्रिड भने मायोर्कासँग १-२ गोलले पराजित बन्यो । पराजयपछि एथ्लेटिको चौथो स्थानमा खस्किएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप