आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

कोटेश्वरमा रोकिराखेको ट्रकसँग ठोक्किएर मोटरसाइकल चालकको मृत्यु

मङ्गलबार, २१ मङ्सिर २०७८, १३ : ५५
मङ्गलबार, २१ मङ्सिर २०७८

कोटेश्वरमा रोकिराखेको ट्रकसँग ठोक्किएर मोटरसाइकल चालकको मृत्यु भएको छ । मंगलबार बिहान कोटेश्वरको आकाशेपुल नजिक बालकुमारीबाट कोटेश्वरतर्फ आउँदै गरेको प्र.३–०२–०२७ प ५९३७ नम्बरको मोटरसाइकल ट्रकसँग ठोक्किएको थियो ।

ना.६ख १३५८ नम्बरको ट्रकमा ठोक्किएर मोटरसाइकल चालक भक्तपुर ठिमी नगरपालिका–४ घर भएका ३५ वर्षीय सुरज खलाको मृत्यु भएको ट्राफिक महाशाखाका एसपी संजिव शर्माले रातोपाटीलाई बताए ।  

ट्रक रोकेर राखेको दिशातर्फबाट आएर मोटरसाईकल ठोक्किएको थियो । मोटरसाइकल चालकको सिनामंगल स्थित काठमाडौं मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको एसपी शर्माले बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप