आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

काँग्रेसले बोलायो केन्द्रीय समिति बैठक, सहमहामन्त्री थप्ने तयारी

बुधबार, २२ मङ्सिर २०७८, २२ : ३२
बुधबार, २२ मङ्सिर २०७८

नेपाली काँग्रेसले बिहीबार केन्द्रीय समितिको बैठक बोलाएको छ । पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले बिहीबार विहान साढे ११ बजे केन्द्रीय समिति बैठक बोलाइएको बताए । यही मंसिर २४ देखि २७ गतेसम्म काठमाडौंमा हुने १४ औं महाधिवेशनको तयारीका सन्दर्भमा छलफल गर्न बैठक बोलाइएको पौडेलले रातोपाटीलाई बताए ।

काँग्रेसका एक पदाधिकारीका अनुसार बिहीबारको बैठकमा खुलातर्फ दुई जना सहमहामन्त्री थप्ने तयारी छ । सभापति शेरबहादुर देउवा र महामन्त्री शशांक कोइरालाबीच थप्ने विषयमा सहमति भइसकेको ती नेताको भनाइ छ । तर वरिष्ठ नेता रामचन्द्र पौडेल भने यतिबेला सहमहामन्त्री थप्ने पक्षमा छैनन् । देउवा र कोइराला निकट नेताहरुले भने सहमहामन्त्री थप्न दबाब दिरहेका छन् ।

काँग्रेसका एक पदाधिकारीले भने, खुलामा दुई जना सहमहामन्त्री थप्ने कुरा छ । बैठकमा त्यो प्रस्ताव ल्याउने सम्भावना छ । काँग्रेसमा अहिले एकजना सभापति, २ उपसभापति २ महामन्त्री र ८ सहमहामन्त्री (क्लस्टर) बाट हुने व्यवस्था छ । अब खुलाबाट थप दुई जना सहमहामन्त्री थप्ने तयारी छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप