माओवादीको स्थायी कमिटी बैठक पेरिसडाँडामा सुरु
नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक सुरु भएको छ । ११ बजेका लागि तय भएको बैठक दुई घण्टा ढिलागरी १ बजे मात्रै सुरु भएको हो । आजको बैठकले आगामी ११–१३ पुसमा तय भएको राष्ट्रिय सम्मेलनको तयारीबारे छलफल गर्नेछ । साथै दुई दिनपछि (मंसिर २५) मा हुने प्रदेश सम्मेलनका बारेमा समेत छलफल गर्ने स्थायी कमिटी सदस्य गणेश शाहले जानकारी दिए ।
माओवादीले यसअघि वडा र पालिकाको सम्मेलन सम्पन्न गरिसकेको छ । यस्तै आजको बैठकमा विधानमा रहेको अस्पष्टताका बारेमा समेत छलफल गरेर निर्णय गर्ने तयारी गरेको माओवादी नेताहरुले बताएका छन् । खासगरी प्रादेशिक संरचनाका बारेमा माओवादी केन्द्रमा केही अस्पष्टता रहेको बताइएको छ ।
माओवादीले यसअघि प्रदेशमा पाँच सदस्यीय पदाधिकारी, प्रदेश कार्यालय, प्रदेश सचिवालय, प्रदेशका विभाग, जवसका इन्चार्ज र जिल्ला समन्वय समिति लगायत रहने बताएको थियो । जसमा केन्द्रीय सदस्यको भुमिका प्रदेशमा के हुने भन्ने प्रस्ट नरहेको बताइएको छ ।