आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

बलिउड सेलिब्रिटीले जब अचानक विवाह गरेर सबैलाई चकित तुल्याए

शुक्रबार, २४ मङ्सिर २०७८, ११ : ४५
शुक्रबार, २४ मङ्सिर २०७८

बलिउड सेलिब्रिटी विक्की कौशल र कट्रिना कैफको विवाह समारोह आज समाप्त हुँदैछ । कट्रिना र विक्की राजस्थानको सवाई माधोपुर जिल्ला मुख्यालयबाट करिब १८ किलोमिटर टाढा एक पहाडमा बसेको होटलमा विवाह गरिरहेका छन् । बलिउडमा पछिल्लो केही समयदेखि कट्रिना र विक्कीको प्रेम जीवनबारे चर्चा जारी थियो । यद्यपि, यी दुईले कहिल्यै पनि यसलाई सार्वजनिक रुपमा स्विकार गरेनन् । तर विवाहको खबरका साथै उनीहरुको प्रेम जग जाहिर भयो ।

दुई ठूला सेलिब्रिटीले संसारको नजरबाट बचेर विवाह गरेको बलिउडमा यो पहिलो घटना भने होइन ।

शम्मी कपुर र गीता बालीको ४ बजेको विवाहः

विक्की कौशल र कट्रिना कैफको विवाहको अवसरमा आज यस्ता सेलिब्रिटीबारे जानकारी लिऔं जसले सम्बन्ध लुकाउँदा लुकाउँदै गोप्य तरिकाले विवाह गरेर सबैलाई अचम्मित पारिदिए ।

बीबीसी हिन्दीसँग कुरा गर्दै वरिष्ठ पत्रकार जयप्रकाश चौकसेले विक्की र कट्रिनाजस्तै यस्ता थुप्रै सेलिब्रिटीले अचानक विवाह गरेको जानकारी दिए ।

उनले भने, ‘यस्तो गर्नेमा सबैभन्दा पहिला मेरो मनमा शम्मी कपुर र गीता बालीको नाम आउँछ । शम्मी कपुर र गीता बालीको अफेयर त चलिरहेकै थियो । सुटिङ समाप्त भएपछि बेलुका धेरैजसो उनीहरु सडकमा टहलिरहेको हुन्थे ।’

तर एकदिन उनीहरुले अचानक विवाह गर्ने निर्णय गरे । दक्षिण मुम्बईस्थित एक मन्दिरमा बिहान ४ बजे गएर पुजारीलाई बोकेर ल्याए र विवाह गरे ।

शम्मीले यसबारे आफ्ना पिता पृथ्वीराज कपुर र दाइ राज कपुरसमेत केही भनेका थिएनन् । आफ्नो विवाहको जानकारी उनले फोनमा दिएका थिए र अभिनेत्री गीता बालीले आफ्ना सचिव सुरेन्दर कपुरमार्फत् मिडियालाई जानकारी दिए ।’

सुरेन्दर कपुर निर्देशक तथा निर्माता बोनी कपुर र अभिनेता अनिल कपुरका पिता थिए ।

फिल्म ‘ट्याक्सी ड्राइभर’ को सेटमा भएको थियो उनीहरुको विवाहः

अभिनेता देव आनन्द र सुरैयाको प्रेम विवाहमा परिणत हुन त सकेन । तर जब देव आनन्दले विवाह गर्ने निर्णय लिए तब सबैलाई चकित पारिदिए ।

उनले आफ्नो फिल्म ‘ट्याक्सी ड्राइभर’ को सुटिङका बेला स्टुडियोमा अभिनेत्री कल्पना कार्तिकसँग विवाह गरे ।

जयप्रकाश चौकसे भन्छन्, ‘ट्याक्सी ड्राइभरको सुटिङमा जब लञ्च ब्रेक भयो तब उनीहरुले तत्काल पण्डित बोलाए र कल्पना कार्तिकसँग विवाह गरे । यतिमात्रै होइन, विवाह भएकमो केही घण्टा पछि नै देव आनन्द सुटिङमा फर्किए । यसरी उनले अचानक विवाहको खबर सुनाएर मिडिया र प्रशंसकलाई अक्क न बक्क पारिदिए ।’

राजेश खन्ना र डिम्पलः

बलिउडका पहिलो सुपरस्टार राजेश खन्नाले पनि केही यस्तै गरेका थिए जसका कारण उनीहरुको विवाह चर्चामा रह्यो ।

चौकसे भन्छन्, ‘राजेश खन्नाको अञ्जु महेन्द्रुसँग ६ वर्षसम्म प्रेम सम्बन्ध चलेको थियो तर उनीहरुको ब्रेकअप भयो । तर उनले अचानक आफ्ना प्रशंसक र पत्रकारलाई आफू डिम्पल कपाडियासँग विवाह गर्न लागेको बताए ।’

उनीहरुको विवाह यसकारण पनि असाध्यै चर्चामा आयो किनभने जब राजेश खन्ना डिम्पलसँग विवाह गर्नका लागि जन्ती लिएर हिँडे तब उनले अञ्जु महेन्द्रुलाई देखाउनका लागि उनको घरबाट जन्ती लिएर हिँडे र धेरै बेरसम्म नाच्न आग्रह गरे ।’

अभिषेक, ऐश्वर्याको विवाह र बलिउडमा रोषः

अभिषेक बच्चन र ऐश्वर्या रायको विवाहले पनि सबैको ध्यान आकृष्ट गरेको थियो । अभिषेकको विवाह करिश्मा कपुरसँग निश्चित भएको थियो ।

तर यो सम्बन्ध टुट्यो र त्यसको केही वर्षपछि अभिषेक र ऐश्वर्याको विवाहको खबर मिडिया र उनका प्रशंसकले अचानक पाए ।

यो एउटा यस्तो विवाह थियो जसको चर्चा थुप्रै दिनसम्म चल्यो तर यो विवाहमा धेरैलाई निम्तो नदिएका कारण यसको चर्चा व्यापक रह्यो ।

बीबीसीसँगको कुराकानीमा जयप्रकाश चौकसे भन्छन्, ‘अमिताभले अभिषेकको विवाहमा कम पाहुना यसकारण बोलाएका थिए किनभने उनको प्रसिद्धि असाध्यै थियो । यति ठूलो संख्यामा मानिसहरु बोलाउन सम्भव त थिएन त्यसैले विवाह साधारण तरिकाले भयो ।’

‘यो विवाहमा नबोलाइएका कारण शत्रुघ्न सिन्हासमेत थुप्रै ठूला अभिनेता र अभिनेत्री त रिसाएका थिए नै प्रकाश मेहरालाई नै नबोलाइँदा यो चर्चाको विषय बनेको थियो । विवाहमा निम्तो नदिएका कारण प्रकाश मेहरा पनि रिसाएका थिए ।’

किनभने उनैले फिल्म जंजीरमा अमिताभलाई सबैभन्दा पहिलो ठूलो ब्रेक दिएका थिए जबकी अभिताभको भने इन्डिष्ट्रिका व्यापारिक सम्बन्ध भएका व्यक्तिकालाई पारिवारिक कार्यक्रममा कसरी बोलाउन सकिन्छ भन्ने मान्यता थियो ।’

धर्मेन्द्र र हेमाको नाटकीय ढङ्गले भएको थियो विवाहः

वरिष्ठ पत्रकार अजय ब्रह्मात्मज भन्छन्, ‘बलिउडका ही–म्यान धर्मेन्द्र र ड्रीम गर्लको नामले परिचित अभिनेत्री हेमा मालिनीको विवाहले पनि त्यतिबेला असाध्यै चर्चा बटुलेको थियो ।

उनका अनुसार हेमा मालिनीको विवाह असाध्यै नाटकीय ढङ्गले भएको थियो ।

बीबीसीसँग यो किस्सा साझा गर्दै उनले भने, ‘उनको जितेन्द्रसँग विवाह हुनका लागि मण्डप सजाइसकिएको थियो र जतिबेला उनीहरुको विवाह हुँदैथियो धर्मेन्द्र, जितेन्द्रकी प्रेमिका शोभासहित चेन्नई (तत्कालीन मद्रास) पुगे र यो विवाह हुन सकेन । त्यसपछि जितेन्द्रलाई मण्डपबाट उठाएर उनको ठाउँमा धर्मेन्द्र बसे र हेमा मालिनीको विवाह धर्मेन्द्रसँग भयो ।’

धर्मेन्द्रले हेमा मालिनीसँग विवाह गर्नका लागि इस्लाम धर्म अपनाइन् किनभने उनी पहिले नै विवाहित थिए र हिन्दु भएको नाताले दोस्रो विवाह गर्न सक्दैनथे ।

अक्षय र ट्विङ्कलले सबैलाई चकित पारेः

अजय थप्छन्, ‘अक्षय कुमार र ट्विङ्कल खन्नाको विवाहको खबरले पनि सबैलाई चकित पारेको थियो । किनभने अक्षय कुमार अघि रबिना टण्डनसँग विवाह निश्चित भएको थियो । कार्ड पनि बाँडिइसकेको थियो तर विवाह टुट्यो । त्यसपछि अचानक ट्विङकलसँग उनीहरुको विवाह भयो ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप