आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

काँग्रेसको उपसभापति पदमा गच्छदार बलिया दाबेदार

शुक्रबार, २४ मङ्सिर २०७८, १३ : ०८
शुक्रबार, २४ मङ्सिर २०७८

नेपाली कांग्रेसको १४ औं महाधिवेशन आज शुक्रबार सुरु भएको छ । महाधिवेशनको बन्द सत्र भने भोलिबाट सुरु हुनेछ । भोलि २५ गते शनिबार उम्मेदवारी दर्ता गर्ने कार्यसूची रहेको निर्वाचन समितिले जानकारी दिएको छ । 

पार्टीको नेतृत्व लिन सभापतिदेखि केन्द्रीय सदस्यका उम्मेदवारसम्मले आ–आफ्नो दाबी र प्रचारप्रसारलाई तिव्रता दिइरहेका छन् । संस्थापन समूहमा वर्तमान सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा निर्विकल्प उम्मेदवार हुन् । 
सभापति देउवा पक्षबाट यतिबेला वर्तमान उपसभापति विजयकुमार गच्छदार र महामन्त्री पूर्णबहादुर खड्काको नाम उपसभापति पदका लागि चर्चामा रहेको छ ।

हालको कार्यसमितिका दुई उपसभापतिमध्ये विमलेन्द्र निधिले सभापतिमा उम्मेदवारी दिने तयारी गरेसँगै गच्छदार उपसभापति पदका बलिया उम्मेदवारको रुपमा देखिएका छन् ।  तत्कालीन लोकतान्त्रिक फोरमलाई काँग्रेसमा समायोजन गरेका गच्छदारसँग एउटा छुट्टै देशव्यापी समूह र पुराना काँग्रेसीहरुको आशा रहेको उनी निकट नेताहरुको दाबी रहेको छ । 

‘काँग्रेस पार्टीभित्र गच्छदार निर्णायक शक्तिका साथै लामो राजनितिक अनुभव र एउटा पार्टीको एक दशक लामो समय नेतृत्व गरेका गच्छदारसँग राम्रो जनाधार भएका नेता हुनुहुन्छ’ उनी निकट काभ्रेका काँग्रेस नेता रामेश्वर ढकालले भने । 

नेताहरु रामजन चौधरी, डा.गोपाल दहित, योगेन्द्र चौधरी, गणेश लामा, हरि न्यौपाने लगायतको सशक्त समुह नेता गच्छदारसँग रहेको छ । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप