मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

काँग्रेस महाधिवेशनस्थलमा नेता–कार्यकर्ता आउनेक्रम जारी (फोटोफिचर)

शुक्रबार, २४ मङ्सिर २०७८, १३ : ४७
शुक्रबार, २४ मङ्सिर २०७८

सत्तासीन नेपाली काँग्रेसको १४ औँ महाधिवेशन काठमाडौंको भृकुटीमण्डपमा केहीबेरमा सुरु हुँदैछ । महाधिवेशनको प्रधानमन्त्री एवम् काँग्रेस सभापति शेरबहादुर देउवाले उद्घाटन गर्दैछन् ।

महाधिवेशन उद्घाटन समारोहमा काँग्रेस उपसभापति विजय गच्छदार, महामन्त्रीद्वय शशांक कोइराला, पूर्णबहादुर खड्का, सहमहामन्त्री प्रकाशशरण महत, सुनिल थापा, नेता गोपालमान श्रेष्ठ लगायतका नेताहरु आइपुगिसकेका छन् । महाधिवेशनमा ४ हजार ७ सयमध्ये अधिकांश महाधिवेशन प्रतिनिधि काठमाडौं आइपुगेको काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिएका छन् । अहिले महाविशेनस्थलमा नेता र कार्यकर्ताहरूको भीड बढ्दै गएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सुवास श्रेष्ठ
सुवास श्रेष्ठ

सुवास श्रेष्ठ रातोपाटीका फोटो पत्रकार हुन् ।

लेखकबाट थप