आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

काँग्रेस महाधिवेशनमा यस्तो छ स्वास्थ्य व्यवस्था

शुक्रबार, २४ मङ्सिर २०७८, १४ : ४३
शुक्रबार, २४ मङ्सिर २०७८

नेपाली काँग्रेसको १४औं महाधिवेशनमा स्वास्थ्य प्रबन्ध मिलाइएको छ ।  मोहन बस्नेत नेतृत्वको १४औं महाधिवेशन स्वास्थ्य समितिले स्वास्थ्य सुरक्षाको सबै प्रबन्ध मिलाएको छ । शुक्रबार दिउँसो २ बजेबाट काठमाडौंको भृकुटीमण्डपमा सुरु भएको महाधिवेशन स्थलमा ४ वटा एम्बुलेन्स तैनाथ राखिएको छ । 

बिरामीको उपचारका लागि वीर अस्पतालमा व्यवस्था मिलाइएको छ । स्वास्थ उपचार निःशुल्क व्यवस्था मिलाइएको छ । स्वास्थ्य समितिका संयोजक बस्नेतले महाधिवेशन स्थलबाट बासस्थानमा जानका लागि २५० गाडीको व्यवस्थापन गरेका छन् । ३ लाख मास्क र सेनिटाइजर पनि वितरण गरिरहेको बस्नेतले बताए । महाधिवेशन स्थलमा रक्तदान कार्यक्रम पनि रहेको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप