आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

पदाधिकारीका उम्मेदवार छान्न देउवा पक्षको बैठक बालुवाटारमा

शनिबार, २५ मङ्सिर २०७८, ०९ : ४४
शनिबार, २५ मङ्सिर २०७८

नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा समूहमा पदाधिकारीका उम्मेदवारी छान्न आन्तरिक छलफल भइरहेको छ । शनिबार बिहानैदेखि प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा देउवा पक्षीय नेताहरु छलफलमा छन् । 

बालुवाटारमा पदाधिकारीका दाबेदार नेताहरुसँग सभापति देउवाले छलफल गरिरहेको बुझिएको छ । देउवा आफै सभापतिमा उम्मेदवारी दर्ता गर्दै छन् भने बाँकी पदाधिकारीका उम्मेदवार छनोटमा छलफल केन्द्रित छ । उपसभापतिमा वर्तमान सभापति विजय गच्छदार, महामन्त्री पूर्णबहादुर खड्काले दाबी गरेका छन् ।

यता महामन्त्रीमा गृहमन्त्री बालकृष्ण खाण, सहमहामन्त्री प्रकाशशरण मत, नेता एनपी साउद, सञ्चार मन्त्री ज्ञानेन्द्रबहादुर कार्की र प्रवक्ता विश्वप्रकाश शर्माले दाबी छ । यता नेता कृष्णप्रसाद सिटौला समूह पनि देउवा पक्षसँग जोडिने भएको छ । सिटौलाले महामन्त्रीमा प्रदीप पौडेलको नाम अगाडि सारेका छन् । तर देउवा पक्षका नेता प्रदीपलाई महामन्त्रीको उम्मेदवार भन्ने पक्षमा भने देखिएका छ्रैनन् । पौडेललाई महामन्त्रीको उम्मेदवार बनाए एनपी साउद, विश्वप्रकाश शर्मा लगायतका नेता देउवा टीमबाट बाहिरिने खतरा बढेको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप