आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

सभापतिको उम्मेदवार घोषणा गर्दै प्रकाशमानले भने- ‘बोलेरमात्रै होइन गरेरै देखाउँछु’

शनिबार, २५ मङ्सिर २०७८, १४ : ०८
शनिबार, २५ मङ्सिर २०७८

नेपाली काँग्रेसको सभापति पदका उम्मेदवार प्रकाशमान सिंहले आफू सभापतिमा निर्वाचित भएमा पार्टीलाई गतिशील बनाउने बताएका छन् । उनले आफूले बोलेर मात्रै नभइ गरेरै देखाउने दावी गरे । शनिबार राजधानीमा पत्रकार सम्मेलन गरेर सभापतिमा उम्मेदवारी घोषणा गर्दै उनले पार्टीलाई विधानअनुरुप अघि बढाउनका लागि आफूले भूमिका खेल्ने जिकिर गरे ।

‘नेतृत्व परिवर्तनको आवश्यकता छ । मलाई विश्वास छ, बोलेर मात्रै होइन गरेर पनि देखाउन सक्नुपर्छ, त्यो गर्छु’, उनले भने, ‘पार्टीलाई भरपर्दो पार्टीको रुपमा नेपाली जनताले चिनेको छ  । त्यो विश्वास कायम गर्न भूमिका खेल्छु ।’

सम्बोधनका क्रममा १३ औं महाधिवेशनबाट निर्वाचित पार्टी सभापति शेरबहादुर देउवाले पार्टीलाई विधानअनुरुप सञ्चालन नगरेको भन्दै आक्रोश पोखे । ‘पार्टी सभापतिलाई पटक पटक स्मरण गराएपनि कुनै वास्ता नगरी विधानको पालना गर्नुभएन’, उनले भने, ‘उहाँ पार्टीको विधानलाई टेकेर पार्टी सभापति बन्नुभयो । तर त्यही विधानलाई बेवास्ता गर्ने काम भयो ।’

उनले चुनावमा पार्टीले दुई तिहाइ पाउनु पर्ने भएपछि वर्तमान नेतृत्वकै कारण त्यो सम्भव नभएको आरोप लगाए । पत्रकार सम्मेलनमा सिंहले आफ्नो चुनावी अवधारणापत्र समेत सार्वजनिक गरेका छन् । उनको टीममा उपसभापतिको उम्मेदवार सुजाता कोइराला रहेकी छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप