सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

एमालेको केन्द्रीय सल्लाहकार परिषद अध्यक्षमा अमृतकुमार बोहोरा

शनिबार, २५ मङ्सिर २०७८, १४ : ३७
शनिबार, २५ मङ्सिर २०७८

नेकपा एमालेको केन्द्रीय सल्लाहकार परिषद्को अध्यक्षमा अमृतकुमार बोहोरा चयन भएका छन् । एमालेको केन्द्रीय कमिटीको बैठकले अध्यक्ष केपी शर्मा ओलीको प्रस्तावमा बोहोरालाई परिषदको अध्यक्षमा चयन गरेको हो । 

बोहोरा उमेर हदका कारण यस वर्षबाट कार्यकारी भूमिकाबाट बाहिरिएका थिए । एमालेका पहिलो पुस्ताका नेता बोहोरालाई सल्लाहकारको अध्यक्ष बनाइएको सचिव योगेश भट्टराईले जानकारी दिएका छन् ।

एमाले विधान अनुसार सल्लाहकार परिषदको अध्यक्ष पदेन स्थायी कमिटी सदस्य हुने व्यवस्था छ । बोहोरा यसअघि अनुशासन आयोगको अध्यक्ष थिए । बोहोराले केन्द्रीय कमिटी बैठकमै सपथग्रहण समेत गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप