शेखर प्यानलको उपसभापतिमा चन्द्र भण्डारी र धनराज गुरुङ
शनिबार, २५ मङ्सिर २०७८, १४ : ४३
नेपाली काँग्रेसको सभापतिका उम्मेदवार शेखर कोइरालाले आफ्नो प्यानलबाट सभापतिको उम्मेदवारका रुपमा युवा नेताहरु चन्द्र भण्डारी र धनराज गुरुङको नाम अघि सारेका छन् ।
कोइराला पक्षको शनिबार बसेको बैठकबाट भण्डारी र गुरुङको नाम फाइनल गरिएको हो । यस्तै, महामन्त्रीको उम्मेदवारमा भने मिनेन्द्र रिजाल र गगन थापा रहेका छन् ।