मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

काँग्रेस महाधिवेशन : चुनाव अघिको चहलपहल तस्बिरमा

शनिबार, २५ मङ्सिर २०७८, १७ : ३०
शनिबार, २५ मङ्सिर २०७८

 नेपाली काँग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत शनिबार उम्मेदवारी दर्ताको निर्धारित समय सकिएको छ । पार्टीको नेतृत्व, पदाधिकारी तथा केन्द्रीय समिति सदस्य पदका आकाङ्क्षीहरूले उम्मेदवारी दर्ता गराएका छन् ।

उम्मेदवारी दर्ताका क्रममा महाधिवेशन आयोजनास्थलमा नेता–कार्यकर्ताहरूको विशेष चहलपहल देखियो । उम्मेदवारी दर्ता गराउन आएका नेताहरूले महाधिवेशन प्रतिनिधिसँग भेटघाट गर्नुका साथै महाधिवेशन प्रतिनिधिहरूले पनि आफूले रुचाएको उम्मेदवारको पक्षमा माहौल बनाउन भूमिका निर्वाह गरे ।

दोस्रो कार्यकालका लागि सभापति पदमा उम्मेदवारी दिने क्रममा शेरबहादुर देउवाले कृष्णप्रसाद सिटौलालाई साथमै राखेका थिए । सभापति पदमा देउवाका अतिरिक्त डा. शेखर कोइराला, प्रकाशमान सिंह, विमलेन्द्र निधि, कल्याण गुरुङ र युवराज न्यौपानेले उम्मेदवारी दिएका छन् । शनिबार उम्मेदवारी दर्ताको कार्यसूची रहेका कारण महाधिवेशन प्रतिनिधिहरूको भने खासै भूमिका देखिएन । उनीहरूले महाधिवेशन आयोजनास्थलमा फुर्सदिला बनेर विभिन्न नेताको कुरा सुनेरै समय बिताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सुवास श्रेष्ठ
सुवास श्रेष्ठ

सुवास श्रेष्ठ रातोपाटीका फोटो पत्रकार हुन् ।

लेखकबाट थप