आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

बोहोराटार पुगेर देउवाले पौडेललाई भेटे

आइतबार, २६ मङ्सिर २०७८, ०९ : २२
आइतबार, २६ मङ्सिर २०७८

नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले वरिष्ठ नेता रामचन्द्र पौडेललाई भेटेका छन् । सभापतिका उम्मेदवारी दर्ता गरेपछि शनिबार साँझ प्रधानमन्त्रीसमेत रहेका देउवा पौडेललाई भेट्न उनको निवास बोहोराटारमा पुगेका हुन् । 

पौडेलको सचिवालयका अनुसार भेटमा देउवाले उनलाई सक्रिय राजनीतिबाट बाहिर हुने कुरा नगर्ने आग्रह गरेका थिए । राष्ट्रका लागि पौडेलको अझै आवश्यकता रहेको  देउवाले भनेका थिए । जवाफमा आफ्नो सिद्धान्त र आदर्शविपरीत अस्वस्थ प्रतिस्पर्धा हुने देखेर महाधिवेशनको प्रक्रियाबाट आफू बाहिरिएको पौडेलले बताएका थिए । उनले देउवालाई स्वस्थ प्रतिस्पर्धा गर्न पनि आग्रह गरेका थिए । पौडेलले १४ औं महाधिवेशनमा कुनै पदमा उम्मेदवारी दिएका छैनन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप