बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

टोनी हागनको पुस्तक ‘नेपालमा मेरो खोज यात्रा’ नेपाली भाषामा प्रकाशित

सोमबार, २७ मङ्सिर २०७८, ११ : ०१
सोमबार, २७ मङ्सिर २०७८

भूगर्भविद् तथा अनुसन्धानकर्ता टोनी हागनको पुस्तक ‘बिल्डिङ ब्रिजेज टु द थर्ड वल्र्ड’ लाई अब नेपाली भाषमा समेत पढ्न पाइने भएको छ । काठमाडौं अन्तर्राष्ट्रिय पर्वतीय फिल्म फेस्टिभल (किम्फ) अन्तर्गत आइतबार पुस्तकको नेपाली संस्करण ‘नेपालमा मेरो खोजी यात्रा’  (प्रकाशित) सार्वजनिक गरिएको हो ।

हिमाल पुस्तकले प्रकाशित गरेको उक्त पुस्तकलाई टोनी हागनकी छोरी डा.क्याट्रिना हागन र टोनी हागन फाउन्डेसन नेपालका अध्यक्ष प्राडा प्रमोदकुमार झाले संयुक्त रुपमा लोकर्पण गरे ।  पुस्तकलाई किम्फका प्रमुख समेत रहेका हिमाल एसोसिएसनका अध्यक्ष वसन्त थापाले अनुवाद गरेका हुन् । 

पुस्तक लोकार्पण गर्दै हागनकी सुपुत्री क्याट्रिनाले नेपालमा देखिएको प्राकृतिक, सामाजिक र धार्मिक विविधताको चर्चा गरिन् । विश्वभर इस्लाम अतिवाद मौलाइरहेको बेलामा नेपाल हरेक कुरामा सहिष्णु रहेको बताइन् । ‘नेपाल सबैजना र सबै धर्मको लागि खुला हुनुपर्छ’ उनले भनिन् । 

अनुवादक थापाले पुस्तकको मर्मअनुसार अनुवाद गरेको बताए । ‘ट्रान्सलेट साह्रै कठिन काम हो । बरु मौलिकतामा लेख्न सजिलो हुन्छ । अनुवाद लिकमा चल्ने रेल रहेछ’ उनले भने ।  नेपालसहित विश्वका अन्य विकासशील मुलुकहरुमा चार दशकभन्दा बढी समय विशेषज्ञको रुपमा काम गरेका हागनले यसमा नेपाल घुमघाम गर्दा भेटिएका रोचक दृश्य, तथ्य र क्षणलाई उल्लेख गरेका छन् । 

हागन पहिलोपटक भूगर्भविद्को रुपमा सन् १९५० मा नेपाल आएका थिए । सरकारको अनुमतिबिना विदेशीले काठमाडौं बाहिर यात्रा गर्न नपाउने त्यस्तो बेलामा स्वीस टोलीको सदस्य भएको नाताले हागनले त्यतिबेला नेपालको गाउँ चाहार्न पाएका थिए  । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप