काँग्रेस महाधिवेशनमा नेतृत्व चयनका लागि मतदान सुरु, तस्बिरमा हेरौं
सोमबार, २७ मङ्सिर २०७८, १२ : ३४
नेपाली काँग्रेसको १४ औँ महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि मतदान सुरु भएको छ । केन्द्रीय निर्वाचन समितिका सदस्य तेजबहादुर रावलले ढिला गरी मतदान सुरु भएको रातोपाटीलाई जानकारी दिए । समितिले बिहान ८ बजेदेखि मतदान सुरु गर्ने तयारी गरे पनि प्राविधिक तयारी नपुगेका कारण मतदान सुरु हुन ढिलाइ भएको रावलले बताए । मतदान सुरु भएपछि मतदानस्थलमा देखिएका दृष्यहरुलाई हामीले क्यामेरामा कैद गरेका छौं ।