सुजाता कोइरालाले पनि गरिन् मतदान
सोमबार, २७ मङ्सिर २०७८, १३ : ०५
काँग्रेस नेतृ एवम् उपसभापति पदका उम्मेदवार सुजाता कोइरालाले पनि मतदान गरेकी छन् । १४ औं महाधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनमा नेत्री कोइरालाले मतदान गरेकी हुन् ।
नेत्री कोइरालासहित सभापति शेरबहादुर देउवा, नेताहरु प्रकाशमान सिंह, बालकृष्ण खाँण लगायतले पनि मतदान गरेका छन् । अहिले महाधिवेशनस्थल भृकुटीमण्डपमा मतदान जारी छ ।