आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

सभापतिको ड्रम राष्ट्रिय सभागृहमा, अरु पदको पार्टी कार्यालयमा राति नै लगिने

सोमबार, २७ मङ्सिर २०७८, २० : ५८
सोमबार, २७ मङ्सिर २०७८

नेपाली काँग्रेसको नयाँ नेतृत्व सहित कार्यसमिति चयनका लागि भएको मतदान अन्तिम चरणमा पुगेको छ । निर्वाचन समितिका अनुसार अब करिब ५०० मत खस्न बाँकी रहेको छ भने मतदान सकिएपछि सभापति तर्फको मतगणना राति नै राष्ट्रियसभा गृहमा सुरु गरिनेछ भने बाँकी पदाधिकारी र केन्द्रीय सदस्य तर्फको मतपत्र राति नै सानेपा पठाइनेछ । 

निर्वाचन समितिका सदस्य एकराज पोख्रेलका अनुसार राति मतपत्रसहितको ड्रम सानेपामा लगिन लागिएको छ।  सभापतिको भने त्यहीँ राष्ट्रियसभा गृहमै राति नै गणना हुने उनले बताए । समितिले रातभरमा मत गणना सम्पन्न हुने अपेक्षा राखेको छ । 

मतगणनाबाट कुनै उम्मेदवारले एकै पटकमा ५० प्रतिशतभन्दा बढी ल्याएर विजयी हासिल गरे त्यसपछि अन्य पदको मतगणना सुरु गरिनेछ भने त्यसो हुन नसकेको खण्डमा दोस्रो चरणको मतदान भोलि नै सुरु गरिनेछ ।

त्यसपछि फेरि सभापतिको मतगणना गरेर विजयी घोषणा गरेपछि पार्टी कार्यालयमा थुपारेर राखिएको मतगणना सुरु हुनेछ ।  काँग्रेसले प्रविधिको जमानामा पनि ड्रम कागजको मतपत्र खसालेको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप