आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

राति १२ बजेदेखि सभापतिको मतगणना गर्ने तयारी, ४ ठाउँमा गणना हुने

सोमबार, २७ मङ्सिर २०७८, २१ : ४७
सोमबार, २७ मङ्सिर २०७८

नेपाली काँग्रेसको नयाँ नेतृत्व चयनका लागि भएको मतदान सकिएको करिब साढे १ घण्टापछि मतगणनाको तयारी भएको छ । काँग्रेस निर्वाचन समितिका सदस्य तेज रावलले मतदान सकिएको करिब साढे १ घण्टापछि मतगणना गर्नेगरी तयारी भइरहेको बताए । उनका अनुसार साढे १ बजेसम्म मतदानको समय तोकिएको छ भने बीचमा कुनै प्राविधिक समस्या नआए सो अवधिमा मतदान सकिनेछ । 

त्यसपछि मतदान भएको ड्रमको व्यवस्थापन, मुचुल्का तयार गर्ने लगायतको प्राविधिक काम सकिएपछि मतदानको काम थालिनेछ । यसरी हेर्दा करिब १२ बजेदेखि मतदान सुरु हुनेछ । उनका अनुसार सभापतिको मतगणना राष्ट्रियसभा गृहमा ४ ठाउँमा ड्रम खन्याएर गनिनेछ ।

रातभरमा गणना सकिसक्ने उनको भनाइ छ । सभापतिको टुंगो लागेपछि अन्य पदको मतगणना हुनेछ भने ती मतगणना पार्टी कार्यालय सानेपामा हुनेछ । सभापतितर्फ १२ वटा ड्रममा मत खसालिएको छ भने ४ ठाउँमा मतगणना गर्दा करिब ६० जना जनशक्ति आवश्यक पर्ने रावलको भनाइ छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप