सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

प्रधानमन्त्रीको आपत्तिपछि १८ दिनदेखि थन्काएर राखिएको चिकित्सा शिक्षा अध्यादेश प्रमाणीकरण

शुक्रबार, २४ कात्तिक २०७४, १५ : १३
शुक्रबार, २४ कात्तिक २०७४

काठमाडौँ । लामो समयदेखि थन्किएर बसेको चिकित्सा शिक्षा अध्यादेश राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार प्रमाणीकरण गरेकी छिन् । डा. गोविन्द केसीको माग अनुसार मन्त्रिपरिषदले पठाएको चिकित्सा शिक्षा अध्यादेश राष्ट्रपति कार्यालयमा विगत १८ दिनदेखि थन्किएको थियो । 

मन्त्रिपरिषद्ले कात्तिक ६ गते पारित गरेको अध्यादेश सोही दिन राष्ट्रपति कार्यालयमा पठाइए पनि राष्ट्रपति भण्डारीबाट आज मात्रै प्रमाणीकरण गरिएको हो ।

यो समयमा डा. गोविन्द केसीसहित चिकित्सकको टोलीले चिकित्सा शिक्षा अध्यादेश पारित नभएको विषयमा राष्ट्रपति कार्यालयमा सूचना निवेदन दर्ता गराएको थियो भने यता प्रधानमन्त्री देउवा समक्ष भेटगरी राष्ट्रपतिबाट प्रमाणीकरण नभएको विषयमा छलफल तथा ध्यानकर्षण गराइएको थियो ।

प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रपतिले अध्यादेशमार्फत जारी चिकित्सा शिक्षा ऐन प्रमाणीकरण रोक्नुपर्ने कारण नभएको बताउँदै राष्ट्रपतिसँग मन्त्रिमण्डलले पारित गरेको ऐन विषयमा थप जानकारी लिइने आश्वासन दिएका थिए ।

प्रधानमन्त्री देउवाले ऐन कुनै हालतमा पनि नरोकिने र प्रमाणीकरण हुने नै छ भन्दै प्रा डा केसीलाई विश्वस्त हुन आग्रह गरेका थिए । 

सरकारी मेडिकल कलेजमा ७५ प्रतिशत निशुल्क छात्रवृत्ति 

अध्यादेशमा संचालनमा रहेका सार्वजनिक शिक्षण संस्थाले स्नातक कार्यक्रममा उपलब्ध सिट संख्या कम्तीमा ७५ प्रतिशत सिट निःशुल्क छात्रवृतिको लागि व्यवस्था गर्नुपर्ने व्यवस्था राखिएको छ । छात्रवृत्तिको उक्त संङख्यामा क्रममा बढाउदै जानुपर्ने अध्यादेशमा उल्लेख गरिएको  छ ।

यस्तै सार्वजनिक शिक्षण संस्थाले आयोजको परामर्शमा त्यस्तो सिट क्रमश वृद्धि गर्दै लैजानुपर्ने कुरा बारे पनि अध्यादेशमा स्पष्ट पारिएको छ । 

यससँगै काठमाडौं उपत्यकामा १० वर्षसम्म मेडिकल कलेज खोल्न रोक लागेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अञ्जु तामाङ
अञ्जु तामाङ

 तामाङ रातोपाटीका लागि स्वास्थ्यसँग सम्बन्धित समाचार लेख्छिन् ।

लेखकबाट थप