आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

प्रकाशमानलाई फकाउन बालकृष्ण खाण चाक्सीबारीमा

मङ्गलबार, २८ मङ्सिर २०७८, ०८ : ५०
मङ्गलबार, २८ मङ्सिर २०७८

नेपाली काँग्रेसको सभापति पदका लागि भएको चुनावमा पहिलो चरणबाट नतिजा नआउने भएपछि गृहमन्त्री बालकृष्ण खाण शेरबहादुर देउवाको पक्षमा प्रकाशमानलाई फकाउन चाक्सीबारीस्थित सिंह निवासमा पुगेका छन् । 

पहिलो चरणको चुनावमा सिंहले तेस्रो स्थानको मत हासिल गरेका छन् । सिंहले सघाउँदा दोस्रो चरणमा देउवाले जित्ने निश्चित देखेपछि खाण सिंहलाई भेट्न पुगेका हुन् । नेपाली काँग्रेसको सभापति पदका लागि भएको मतदान नतिजाविहीन बनेको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले अग्रता कायम गरेता पनि विधानअनुसार ५० प्रतिशत भन्दा बढी मत पाउन नसकेपछि अब दोस्रो चरणको मतदान हुने भएको छ । दोस्रो चरणको मतदान आजै हुने र परिणाम पनि आजै आउने नेताहरुले बताएका छन् । 

कुल ४६८१ मतदातामध्ये देउवाले २२५८ मत पाएर पहिलो भएका छन् । तर, ५० प्रतिशत मत कटाउनका लागि उनलाई ८२ मतले साथ दिएन । दोस्रो स्थान हासिल गरेका डा. शेखर कोइरालाले १७२९ मत प्राप्त गरेका छन् । त्यस्तै तेस्रो स्थानमा प्रकाशमानसिंहले ३७१ मत पाएका छन् भने विमलेन्द्र निधिले २४९ मत पाएका छन् । सभापतिका अर्का दाबेदार कल्याण गुरुङले २० मत पाएका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप