आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

अब प्रकाशमानसँग सल्लाह गर्छु : विमलेन्द्र

मङ्गलबार, २८ मङ्सिर २०७८, ०८ : ५७
मङ्गलबार, २८ मङ्सिर २०७८

नेपाली काँग्रेसका सभापतिका दाबेदार विमलेन्द्र निधिले दोस्रो चरणको चुनावमा आफूले प्रकाशमान सिंहसँग सल्लाह गर्ने बताएका छन् । 

पहिलो चरणको चुनावमा देउवाले ५० प्रतिशत मत प्राप्त नगरेको अवस्थामा प्रकाशमान र विमलेन्द्रको मत निर्णायक हुनेछ । त्यो अवस्थामा देउवालाई सघाउने कि शेखरलाई सघाउने भन्नेबारे निधिले सिंहसँग सल्लाह गर्ने बताए । 

‘प्रकाशमानजीसँग सल्लाह गर्छु,’ निधिले रातोपाटीसँग भने, ‘प्रकाशमानजीसँग सल्लाह भएर नै केही गर्छौं ।’

यसअघि विमलेन्द्र निधिले दोस्रो चरणमा शेरबहादुरलाई नसघाउने बताएका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप