आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

विक्की कौशलसँग विवाहका लागि कट्रिना कैफले राखेकी थिइन् यस्तो शर्त, यसकारण भएकी थिइन् राजी

मङ्गलबार, २८ मङ्सिर २०७८, ११ : १७
मङ्गलबार, २८ मङ्सिर २०७८

विक्की कौशल र कट्रिना कैफले ९ डिसेम्बरमा राजस्थानमा भव्य तरिकाले विवाह गरे । यो जोडीले आफ्नो विवाहका थुप्रै तस्बिर सोसल मिडिया प्लेटफर्मममा सेयर गरे, जुन अहिलेसम्म भाइरल भइरहेका छन् । तर कट्रिनालाई विवाहका लागि फकाउन विक्की कौशलका लागि कुनै पनि हालतमा सहज थिएन । कट्रिनाले विवाह गर्नअघि कौशलको अगाडि एउटा शर्त राखेकी थिइन् जुन रोचक छ ।

विक्कीलाई मन पर्दथ्यो कट्रिनाः

बलिउड लाइफमा छापिएको रिपोर्ट अनुसार कट्रिना कैफका एक आफन्तले एक अन्तरवार्ताका बेला विवाहसँग सम्बन्धित रोचक कुरा सुनाए । उनले भने, ‘यो सबैकुरा निकै अचानक भएको थियो । उनीहरुको भेट, रोमान्स, विवाह । कट्रिनासँग सम्बन्धमा रहेको दुई महिनापछि नै विक्कीलाई कट्रिनासँगै आफूले पूरा जीवन बिताउन सक्ने महसुस गरेका थिए । यद्यपि, कट्रिनालाई विवाह गरिहाल्छु भन्ने थिएन । कट्रिना आफ्नो पहिलो ब्रेकअपको पीडाबाट बाहिर आउन सकिरहेकी थिइनन् । उनलाई विक्की मन त पर्दथ्यो तर उनलाई थप समय चाहिएको थियो । ’

विक्कीले कट्रिनालाई विवाहका लागि यसरी मनाएः

उनले थपे, ‘विक्कीले कट्रिनालाई विवाहका लागि त्यतिबेलासम्म मनाए जबसम्म नायिकाले ‘हुन्छ’ भनिनन् । तर नायिकाले विवाह गर्नका लागि विक्कीको सामू एउटा विशेष शर्त राखेकी थिइन् । कट्रिनाले विक्कीलाई भनेकी थिइन्, ‘तिमीले मेरी आमा, दिदी बहिनी र पूरा परिवारलाई त्यसरी नै माया गर्नुपर्नेछ जसरी तिमीले मलाई माया गर्छौ ।’’

दिदी–दाइ, बहिनीसँग विक्कीको सम्बन्ध देखेर खुसी छिन् कट्रिनाः

उनका अनुसार विक्कीको कट्रिनाका दाइ दिदी, बहिनीसँग निकै उत्कृष्ट सम्बन्ध छ । उनीहरुबीच निकै राम्रो दोस्ती विकसित भएको छ । कट्रिना यो देखेर निकै खुसी पनि छिन् । रिपोर्टलाई विश्वास गर्ने हो भने विवाह अघि कट्रिनाका दाइ, दिदी, बहिनीलाई विक्कीले भेटेकै थिएनन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप