आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

बदलिएको समीकरण, एकसाथ देखिए देउवा, निधि र सिंह

मङ्गलबार, २८ मङ्सिर २०७८, १७ : ०८
मङ्गलबार, २८ मङ्सिर २०७८

नेपाली काँग्रेसको सभापति पदका लागि दोश्रो चरणको मतदान प्रक्रिया सुरु भएको छ । राष्ट्रियसभा गृहमा मतदान प्रक्रिया चलिरहँदा यसबेला सभापतिका उम्मेदवारहरू शेरबहादुर देउवा र शेखर कोइराला आफ्नो पक्षमा माहौल बनाउन मतदातासँग भोट मागिरहेका छन् ।  

दोस्रो चरणको चुनावमा पहिलो चरणमा चुनावी दौडबाट बाहिरिएका तीनै उम्मेदवार प्रकाशमान सिंह, विमलेन्द्र निधि र कल्याण गुरुङले देउवालाई समर्थन गर्ने घोषणा गरेका छन् । उनीहरु देउवासँगै मतदाताहरूसँग मत मागिरहेका छन् । मतदान सुरु भएको डेढ घण्टामा १ हजार मत खसेको जनाइएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप