मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

चिसो रातमा तात्यो राष्ट्रिय सभागृहको माहोल, मतगणनाका तस्बिरहरु

मङ्गलबार, २८ मङ्सिर २०७८, २३ : ४३
मङ्गलबार, २८ मङ्सिर २०७८

मंसिरको अन्तिमको यो ठिहिर्याउँदो चिसो मौसम । तर काँग्रेस महाधिवेशनको रौनकले राजधानीको राष्ट्रिय सभागृहको माहोल तातिएको छ । काँग्रेस सभापतिको मतदानपछि अहिले मध्यरातमा मतगणना जारी रहँदा कसको पक्षमा चुनावी नतिजा आउँछ भन्नेमा चासो सर्वत्र छ । समाचार संकलनका लागि दर्जनौँ सञ्चारकर्मी अहिले सभागृहमा छन् भने भित्र मतगणना चलिरहेको छ, तीन ठाउँमा । 

तुलनात्मक रुपमा समीकरण बदलिएर शेखर कोइराला कमजोर जस्तो देखिएपनि चुनाव भएकाले कस्तो नतिजा आउला भनेर चासो बढेको हो।  राष्ट्रियसभा गृहमा राति सवा ११ बजेदेखि मतगणना सुरु भएको हो । 

निर्वाचन समितिका अनुसार अबको करिब ३ घण्टामा काँग्रेसले नयाँ सभापति पाउनेछ । काँग्रेस सभापतिको दौडमा शेरबहादुर देउवा र शेखर कोइराला रहेका छन् । आज भएको मतदानमा सोमबारको तुलनामा कम मत खसेको थियो । काँग्रेसमा कुल मतदाता ४ हजार ७४३ जना थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप