सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

अब कृषकलाई दिने पशु तालिम कर्मचारी र हाकिमलाई मात्र

शुक्रबार, २४ कात्तिक २०७४, १६ : ५०
शुक्रबार, २४ कात्तिक २०७४

काठमाडौं– सरकारले किसानलाई पशुसम्बन्धी तालिम दिने नाममा बार्षिक करोडौ खर्च गर्ने गरको छ । यो वर्ष पनि अधिकृत,सहायक अधिकृत र ११ सय कृषकका लागि भनेर तालिम दिने भनेर ११ करोड ४४ लाख ७४ हजार बजेट विनियोजन भैसको छ । 

तर, गत वर्षको तुलनामा यो वर्ष २ करोड बढि बजेट भए पनि काम भने प्रभावित हुने संकेत देखिएको छ । केन्द्रीय स्तरमा अधिकृत र सहायक अधिकृतलाई दिईने तालिम बाहेक जिल्लास्तरीय सबै तालिम संचालन हुने सम्भावना निकै कम भएको सरोकारवालाहरुले बताएका छन् । अर्थ मन्त्रालयले यो वर्षको बजेट विनियोजन गर्दा स्थानीय निकायमा निशर्तमा पठाएपछि स्थानीय निकायले आवश्यकता अनुसार जुनकुनै क्षेत्रमा पनि उक्त बजेट खर्च गर्न पाउने भएपछि लक्षित कार्यक्रम प्रभावित हुने भएको हो । 

निर्शतमा परेपछि पशुनिर्देशनालयको बजेट पनि बाटो,सडक,विद्यालय र खानेपानी निर्माणको काममा लगाईएको निर्देशनालयका पशु विकास अधिकृत नवरत्न प्रधानले जानकारी दिए । 

 उनले केन्द्रले दिने तालिमको बजेट केन्द्रमानै भएकाले अधिकृत र सहायक अधिकृतले भने तालिम पाउने बताए । आ.व २०७४/०७५ मा ११ वटा तालिम संचालन गरिने छ । जसमा अधिकृत र सहायक अधिकृत गरी ७ सय १० जनालाई सहभागी हुने छन् । जसको लागि ७८ लाख बजेट बिनियोजन भैसकेको छ ।  

यो वर्षको कृषकको तालिमका लागि मात्रै निर्देशनालयले स्थानिय तहमा १ करोड १३ लाख ७५ हजार बजेट पठाइसकेको छ । गत वर्ष २०७३/०७४ मा १ हजार ७५ जना कृषक ,अधिकृत १ सय ४३ जना अधिकृत र  ५ सय ७२ जना सहायक अधिकृत सहभागी थिए । अधिकृतको तालिमको लागी मात्रै ५५ लाख ११ हजार खर्च गरिएको थियो ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अञ्जु तामाङ
अञ्जु तामाङ

 तामाङ रातोपाटीका लागि स्वास्थ्यसँग सम्बन्धित समाचार लेख्छिन् ।

लेखकबाट थप