सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

चौथौँ नेपाल युवा विज्ञान सम्मेलन आयोजना हुने

बुधबार, २९ मङ्सिर २०७८, ११ : ०१
बुधबार, २९ मङ्सिर २०७८

ब्रेनिक्युब रिसर्च अर्गनाइजेशनले सनवे इन्टरनेशनल बिजनेस स्कुलको सहकार्यमा चौथौँ नेपाल युवा विज्ञान सम्मेलन २०२१ आयोजना हुने भएको छ । ‘ब्रिङ बेस्ट ब्रेन’ मुख्य थिम सहितको यो सम्मेलन पुस ३ र ४ गते राजधानीमा सञ्चालन हुनेछ । दुई दिने यो सम्मेलनमा २२ वर्ष भन्दा मुनिका विद्यार्थीहरूले सहभागी हुन पाउनेछन् । 

सनवे इन्टरनेशनल बिजनेस स्कुल मैतिदेवीमा हुने कार्यक्रमको पहिलो दिन अमिर खान अभिनीत चलचित्र थ्री इडिएट्सका फुङ्सुक वाङ्डु चरित्रका रूपमा परिचित भारत लद्दाखका वैज्ञानिक सोनाम वाङचुकको समेत ‘भर्चुअल’ सहभागिता रहने बताइएको छ ।

सम्मेलनमा विभिन्न क्याटगोरीमा युवा वैज्ञानिकहरूलाई अवार्ड पनि प्रदान गरिनेछ । इन्टर्नेशनल रिप्रिजेन्टेशन अवार्ड, पोटेन्शियल साइन्टिस्ट अवार्ड लगायत सहभागी छात्राहरू मध्ये एकलाई आफ्नो थेसिसको प्रोजेक्ट पुरा गर्न ‘वुमेन रिसर्च ग्रान्ट’ प्रदान गरिने आयोजकले बताएको छ । सम्मेलनमा सहभागीहरू मध्ये केही विद्यार्थी इन्टरनेशनल साइन्स फेयर एण्ड कम्पिटिसनको लागि छनौट गरिनेछ । 

सम्मेलनमा विभिन्न विषयमा पोस्टर प्रस्तुति, किनोट लेक्चर लगायत छलफलहरू हुनेछ । सम्मेलनले कृषि, वन, पशुपक्षी, मत्स्य क्षेत्रसँगै अन्तरिक्ष, बायोलोजिकल साइन्स, केमिकल साइन्स, कम्प्युटर एण्ड इन्फरमेसन टेक्नोलोजी, भौगोलिक विज्ञान, सामाजिक विज्ञान अनुसन्धान, इन्जिनियरिङ, वातावरणिय विज्ञान, सार्वजनिक स्वास्थ्य, आईओटी, रोबोटिक्स, मटेरियल साइन्स, म्याथम्याटिक, फर्माटिकल साइन्स, फोरेन्सिक लगायतका विषयहरू समेटिने छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप