प्रचण्डले दिए देउवालाई बधाई
बुधबार, २९ मङ्सिर २०७८, १२ : २१
नेकपा (माओवादी) केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपाली काँग्रेसको १४ औं महाधिवेशनबाट सभापति पदमा पुनः निर्वाचित हुनुभएकोमा प्रधानमन्त्री शेरबहादुर देउवालाई बधाई दिएका छन् ।
प्रचण्डले बुधबार बिहान देउवालाई बधाई दिएका हुन् । अध्यक्ष प्रचण्डले सभापति देउवालाई टेलिफोन गरि बधाई दिनुभएको उनको सचिवालयले जनाएको छ ।