आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

‘लभ आज कल’ किन भयो फ्लप ? सारा अली खानले बताइन् कारण

बिहीबार, ०१ पुस २०७८, १२ : ४६
बिहीबार, ०१ पुस २०७८

बलिउड उद्योगकी युवा स्टार सारा अली खानले अभिनय र प्रस्तुतीमार्फत् दर्शकको मनमा स्थान बनाउन सफल भइसकेकी छिन् । सारा धेरैजसो पापाराजीको क्यामरामा नमस्ते गर्दै पोज दिइरहेको देखिन्छिन् । बक्स अफिसमा ‘केदारनाथ’ र त्यसपछि फिल्म ‘सिम्बा’ मार्फत् धमाका मच्चाउने सारा अली खानको फिल्म ‘लभ आज कल’ फ्लप भएको थियो । यो फिल्ममा सारा कार्तिक आर्यनसँग मुख्य भूमिकामा देखिएकी थिइन् ।

फ्लप भएको थियो लभ आज कलः

यो रोमान्टिक ड्रामा फिल्मको ओपनिङ त राम्रो भएको थियो तर पछि यो फिल्मले खासै राम्रो प्रतिक्रिया पाउन सकेन । प्रशंसकका अनुसार सारा अली खानले यो फिल्ममा ओभरएक्टिङ गरेकी छिन् र उनको प्रस्तुती यसमा खासै राम्रो थिएन । सारा अली खान फिल्मको रिभ्यूले खुसी थिइनन् । उनले भनेकी थिइन्, ‘यदि अडियन्सलाई राम्रो लागेन भने यसमा केही त कमी थियो होला ।’

साराले एकपटक पुनः यो फिल्म फ्लप भएकोबारे कुरा गरेकी छिन् । नायिकाले भनिन्, ‘मलाई साँच्चै थाहा थिएन आखिर के गल्ती भयो । यदि दर्शकलाई मन परेन भने यसमा साँच्चै केही कमी भयो होला । तर मलाई इम्तियाज अलीसँगड काम गरेर निकै खुसी लाग्यो । हामी दुबैले निकै इमान्दारिताका साथ काम गर्यौं । सायद दशर्कले मेरो पात्रसँग आफूलाई जोड्न सक्नुभएन ।’

सारा अली खानले थपिन्, ‘मैले जुन काममा मैले आफ्नो शत प्रतिशत दिन सक्दिनँ, त्यसमा म काम गर्न चाहन्नँ । मलाई काम गरेर मज्जा आयो । अब थोरै नयाँ सिक्ने समय आएको छ । सायद मानिसहरुलाई मेरो आवाज थोरै ठूलो लाग्ला । अघि बढ्नु अघि अब म यो सोच्छु कि म आफ्नो कामको विषयमा शत प्रतिशत विश्वस्त नभएसम्म गर्नेछैन ।’

सारा अली खान फिल्म ‘अतरंगी रे’ मा अक्षय कुमार र दक्षिणका सुपरस्टार धनुषसँग देखिनेछिन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप