सानेपामा गगनको पक्षमा नारा–काँग्रेसभित्र क्रान्ति दुई तिहाइको महामन्त्री !
बिहीबार, ०१ पुस २०७८, १४ : २९
नेपाली काँग्रेसको महामन्त्री पदको मतगणना जारी रहँदा पार्टी कार्यालय सानेपामा कार्यकर्ताको चर्को भीड लागेको छ । उनीहरुले गगन र विश्वप्रकाश शर्माको पक्षमा नारा लगाउँदै युवालाई अघि सार्नुपर्नेमा जोड दिएका छन् ।
कार्यकर्ताले गगन थापाको पक्षमा नारा घन्काउँदै ‘काँग्रेसभित्र क्रान्ति दुई तिहाइको महामन्त्री, गगन दाइ हाइ हाइ’ नारा लगाइरहेका छन् । काँग्रेस महामन्त्रीमा थापाले मतगणना जारी हुँदा निकै फराकिलो अग्रता बनाएका छन् भने महाधिवेशन प्रतिनिधिले उनीबाट धेरै अपेक्षा र भरोसा गरेको देखिएको छ ।