आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

काँग्रेस महामन्त्री पदको अन्तिम मतपरिणाम : कसको कति मत आयो ?

बिहीबार, ०१ पुस २०७८, १५ : ४९
बिहीबार, ०१ पुस २०७८

नेपाली काँग्रेसको १४ औं महाधिवेशन अन्तरगत भएको निर्वाचनमा महामन्त्री पदमा गगन थापा र विश्वप्रकाश शर्मा विजयी भएका छन् । गगन थापाले मतपरिणामअनुसार अत्यधिक मत ल्याएका छन् । खसेको कुल ४६८२ मतमध्ये थापाले ३०२३ मत पाए भने विश्व प्रकाश शर्माले १९८४ मत प्राप्त गरे । 

यसैगरी पराजित उम्मेदवारहरू प्रकाश शरण महतले १५५६, प्रदीप पौडेलले १३९३, मिनेन्द्र रिजालले ८०९ र राजाराम कार्की १०६ मत प्राप्त गरे ।  विजयी भएका गगन थापा शेखर कोइराला टिमबाट चुनाव लडेका थिए भने शर्मा प्रकाशमान सिंह टिमबाट चुनावी मैदानमा थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप