आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

सुनको भाउ एकै दिन एक हजार रुपैयाँले वृद्धि

शुक्रबार, ०२ पुस २०७८, ११ : ०७
शुक्रबार, ०२ पुस २०७८

बिहीबार नेपाली बजारमा सुनचाँदीको बजार भाउ आकाशियको छ । गत बुधबार प्रतितोला ९३ हजार रुपैयाँमा कारोबार भएको छापा वाला सुन बिहीबार एकैदिन अधिकतम् एक हजार रुपैयाँले वृद्धि हुँदै ९४ हजार रुपैयाँ पुगेको हो । 

यस्तै, तेजाबी सुनको मूल्य समेत आज तोलामा एक हजार रुपैयाँले नै वृद्धि हुँदै ९३ हजार ५०० रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

यता, चाँदीको मूल्य भने गत बुधबारको मूल्यमा तोलामा १५ रुपैयाँले वृद्धिहुँदै आज एक हजार २५० रुपैयाँ पुगेको छ । गत बुधबार चाँदी प्रतितोला एक हजार २३५ रुपैयाँमा कारोबार भएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप