आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

शशि थरुरले मिस युनिभर्ससँग फोटो राखे : प्रयोगकर्ताले भने, ‘तपाईं त राजनीतिको रणबीर कपुर’

शुक्रबार, ०२ पुस २०७८, ११ : २७
शुक्रबार, ०२ पुस २०७८

केही दिन अघि २१ वर्ष पछि मिस युनिभर्सको ताज पुनः भारतीय सुन्दरी हरनाज सन्धूको पोल्टोमा परेको छ । हरनाज सन्धू भारतकी तेस्रो मिस युनिभर्स बनेकी छिन् । कांग्रेस नेता शशि थरुरले हरनाजसँग आफ्नो एउटा सेल्फी पोस्ट गरेर उनलाई बधाइ दिए । थरुरको तस्बिर पोस्ट गर्ने बित्तिकै सोसल मिडियामा प्रयोगकर्ताले उनलाई ट्रोल गर्न सुरु गरिहाले ।

शशि थरुरले हरनाजसँँग फोटो सेयर गर्दै लेखे, ‘मिस युनिभर्स हरनाज कौरलाई बधाई दिइराख्दा खुसी लागेको छ । उनी नयाँ वर्षको छुट्टीका लागि भारत आएकी छिन् र निश्चित रुपमा भारतले उनको स्वागत गर्न पाउँदा गर्व महसुस भइरहेको छ । उनी स्टेजमा जति आकर्षिक छिन् प्रत्यक्ष भेट्दा पनि त्यति नै सुन्दर छिन् ।’

थरुरको यो पोस्टमा ट्वीटर प्रयोगकर्ताले उनलाई ट्रोल गर्न सुरु गरे । सत्येन्द्र सिंह नामका प्रयोगकर्ताले लेखे, ‘सर एउटा मेसेज शहिद ग्रुप क्याप्टेन वरुण सिंहका लागि गरिदिनु न प्लिज ।’

अर्का एक प्रयोगकर्ताले ट्वीट गर्दै सोधे, ‘के शशि थरुरले गणितिज्ञ निना गुप्तालाई बधाई दिए जसले रामानुजन अवार्ड जितिन् ?’

तरुण जोशीले शशि थरुरलाई भने, ‘तपाईं त राजनीतिको रणबीर कपुर हुनुहुन्छ ।’

यसअघि पनि ६ महिला सांसदसँग कांग्रेस सांसद शशि थरुरको एउटा तस्बिर निकै भाइरल भएको थियो । यो तस्बिरलाई शशि थरुरले आफ्नो ट्वीटरमा सेयर गरेका थिए । थरुरले यसको क्याप्सनमा लेखेका थिए, ‘कसले भन्छ लोकसभा काम गर्नका लागि आकर्षक स्थान होइन । ६ साथी महिला सांसदसँग ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप