एमाले केन्द्रीय कार्यालयका सचिव अधिकारीद्वारा पद बहाली
शुक्रबार, ०२ पुस २०७८, १२ : २५
नेकपा (एमाले) का केन्द्रीय कार्यालयका नवनियुक्त सचिव डा.भीष्म अधिकारीले आज पदभार ग्रहण गरेका छन् ।
उनलाई महासचिव शङ्कर पोखरेल, उपमहासचिव विष्णु रिमाल, निवर्तमान कार्यालय सचिव शेरबहादुर तामाङ लगायतले स्वागत गरे।
डा.अधिकारीलाई यही मङ्सिर २५ र २६ गतेको केन्द्रीय कमिटीको बैठकले जिम्मेवारी दिएको थियो ।