सहमहामन्त्रीमा शेखर प्यानलका पाण्डेको सुरुवाती अग्रता
शुक्रबार, ०२ पुस २०७८, १३ : ३९
नेपाली काँग्रेसको सहमहामन्त्री पदमा (पिछडिएका क्षेत्रका) बद्री पाण्डे र जीवन शाहीबीच कडा टक्कर हुने देखिएको छ । काँग्रेस केन्द्रीय कार्यालय सानेपामा सहमहामन्त्रीको ११३ मत गणना गर्दा पिछडिएका क्षेत्रको सहमहामन्त्रीमा शेखर पक्षका पाण्डेले अग्रता लिएका हुन् ।
पाण्डेले ६४ मत ल्याउँदा शेरबहादुर देउवा समूहका शाहीले ४६ मत पाएका छन् । पाण्डेले १८ मतको अग्रता लिएका छन् । यस्तै विमलेन्द्र निधि समूहका चेतराज बजालले २ मत पाएका छन् ।