सहमहामन्त्रीमा उमाकान्त सय मतले अगाडि
शुक्रबार, ०२ पुस २०७८, १४ : ०७
नेपाली काँग्रेस थारू तर्फको सहमहामन्त्रीमा उमाकान्त चौधरीले अग्रता लिएका छन् । काँग्रेस पार्टी कार्यालय सानेपामा थारू तर्फका सहमहामन्त्रीको १ हजार मत गणना हुँदा उमाकान्तले ५४२ मत पाएका छन् । त्यस्तै तेजुलाल चौधरीले ४४२ मत पाएका छन् ।
उमाकान्तले एकसय मतको अग्रता लिएका छन् । उमाकान्त शेरबहादुर देउवा प्यानलका हुन् भने तेजुलाल शेखर कोइराला समूहका उम्मेदवार हुन् ।