काँग्रेस सहमहामन्त्रीमा देउवा समूहका महेन्द्र यादवको अग्रता
शुक्रबार, ०२ पुस २०७८, १४ : १९
नेपाली काँग्रेसको मधेसी तर्फको सहमहामन्त्रीमा सभापति शेरबहादुर देउवा समूहका महेन्द्र यादवले अग्रता लिएका छन् ।
९०० मत गणनामा महेन्द्रले ५३० मत पाएका छन् भने शेखर कोइराला समूहका रामकृष्ण यादवले ३९१ मत पाएका छन् । महेन्द्रले रामकृष्णलाई १३९ मतले पछि पारेका छन् ।
अर्का उम्मेदवार रञ्जित कर्णले १०८ मत पाएका छन् । कर्णले रामकृष्णलाई समर्थन गरेको घोषणा गरेका थिए ।