खस–आर्य सहमहामन्त्रीमा देउवा प्यानलका राठौर २५४ मतले अगाडि
शुक्रबार, ०२ पुस २०७८, १४ : २६
नेपाली काँग्रेस खस–आर्यतर्फको सहमहामन्त्रीमा सभापति शेरबहादुर देउवा प्यानलका किशोरसिंह राठौरले अग्रता लिएका छन्।
काँग्रेस केन्द्रीय कार्यालय सानेपामा १९९५ मतगणना हुँदा राठौरले शेखर कोइराला समूहका देवराज चालिसेलाई २५४ पछि पारेका छन् । राठौरले ११०३ मत पाएका छन् भने चालिसेले ८४९ मत ल्याएका छन्।