आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

बुढ्यौली निम्त्याउने ५ बानी

आइतबार, ०४ पुस २०७८, ०८ : ५५
आइतबार, ०४ पुस २०७८

हरेक नयाँ दिनमा हाम्रो उमेर बढ्दै जान्छ । विश्व स्वास्थ्य संगठनका अनुसार सन् २०५० सम्ममा विश्वभर दुई अर्बभन्दा बढी मानिसहरु ६० वर्ष वा त्यसभन्दा बढी उमेरका हुनेछन् । विश्वमा मानिसहरु पहिलेको तुलनामा धेरै बाँचिरहेका छन् । जनसांख्यिकीय अनुसन्धानमा प्रकाशित एक अध्ययनका अनुसार मानिसहरु विस्तारै धेरै वर्षसम्म बाँच्नेछन् । नेचर ह्युमन बिहेवियरले गरेको एक अनुसन्धानका अनुसार उमेर बढेसँगै मानिसको मानसिक क्षमतामा पनि सुधार आएको छ । बुढ्यौली दैनिक जीवनशैलीमा निर्भर गर्छ । 

अत्यधिक टेलिभिजन हेर्नु 
कहिलेकाँही राति अबेरसम्म टेलिभिजन हेर्नुलाई सामान्य नै मानिन्छ तर यसलाई आदत बनाउनुहुँदैन । अमेरिकी हर्ट एसोसिएसनको एक अध्ययनका अनुसार मध्यम आयुमा बहुत अधिक समयसम्म च्यानल बदल्ने आदतले सोच्ने, सम्झने क्षमतामा गिरावट आउँछ । अध्ययनका अनुसार धेरै टेलिभिजन हेर्नेहरुको मस्तिष्कमा ग्रे म्याटरको मात्रा कम हुन्छ । ग्रे म्याटर तन्त्रिका तन्त्रसँग जोडिएको हुन्छ । यसले सोच्ने र बुझ्ने क्षमता यसैबाट प्राप्त हुन्छ । 

हरेक समय सुस्त रहनु 
दिनभर कुनै पनि काम नगरी बसिरहने मानिसहरु पनि छिट्टै बुढो हुन्छन् । शारीरिक र मानसिक रुपमा नै यस्तो बानीले असर पार्छ । व्यायाम गर्ने तथा काम गर्ने बानीले हड्डीहरु र मांसपेशिहरु स्वस्थ हुन्छन् । यसले शरीर भित्रबाट नै जवान बन्नलाई मद्दत गर्छ । जामा मेडिकल पत्रिकामा छापिएको एक अध्ययनका अनुसार अल्छीहरुको तुलनामा सक्रिय व्यक्तिहरु बढी जवान देखिन्छन् । 

अनियमित सुत्ने बानी
सुत्ने तरिकामा गडबढ भएमा मानिसहरु उमेरभन्दा छिटो बुढो देखिन्छन् । सुत्ने बानीमा हुने गडबढीको असर अनुहारमा पर्छ । साइन्टिफिक जर्नलमा छापिएको एक अध्ययनका अनुसार जो व्यक्तिहरु नियमित रुपमा ६ देखि ८ भन्दा कम सुत्ने गर्छन् ती व्यक्तिहरुको सोच्ने र सम्झिने क्षमता ४ देखि ५ वर्षसम्ममा कम हुन सक्छ । क्लिनिकल एण्ड एक्सपेरिमेन्टल डर्मेटोलोजीमा छापिएको एक अध्ययनका अनुसार निन्द्रा खराब हुँदा छालामा छिट्टै बुढ्यौली देखिन्छ । जो महिलाहरु निन्द्रा पूरा गर्दैनन् उनीहरुको छालामा छिट्टै बुढ्यौलीपन देखापर्छ । 

अनलाइनमा धेरै समय बिताउनु 
इन्टरनेटमा धेरै समय बिताउनुले पनि बुढ्यौली छिट्टै ल्याउँछ । कम्युटर र स्मार्टफोनबाट निस्किने ब्लू लाइटले हाम्रो आँखा र छालामा धेरै नराम्रो असर पार्छ । जसले उमेर धेरै देखाउँछ । 

तनाव कम गर्न नसक्नु
हरेक समय तनावमा बस्ने मानिसको अनुसारमा छिट्टै बुढ्यौलीपन आउँछ । ट्रान्सलेसनल साइकियाट्रीमा छापिएको येल युनिभर्सिटीको नयाँ अध्ययनका अनुसार हरेक समय तनावका कारण शरीरमा छिट्टै बुढो देखिन्छ । अनुसन्धानकर्ताका अनुसार जवान देखिनका लागि भावनाहरुमा पनि नियन्त्रण गर्नुपर्छ । तनाव नियन्त्रण गर्ने वा मेडिटेशन गर्ने आदि गर्न सकिन्छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप